मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट करिव ३ किलो चाँदी बरामद भएको छ।
सोमबार सशस्त्र प्रहरीले २ केजी ९९७ ग्राम चाँदी बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त चाँदीको मूल्य करिव ५ लाख रुपैयाँ पर्छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिको झोलाबाट बरामद गरेको हो।
तर चाँदी ल्याउने ब्यक्ती भने सामान छोडेर भागेको थापाले बताए। सशस्त्रले बरामद गरेको बरामद चाँदी बिराटनर भन्सार कार्यालयमा मोरङ्गमा बुझाएको छ।
54
Shares

प्रतिक्रिया