पाकिस्तानको विदेश मन्त्रालयले भारतविरुद्धको सैन्य द्वन्द्वमा शाहीन क्षेप्यास्त्र प्रयोगबारे भारतीय सञ्चारमाध्यमले गरेको दाबीलाई निराधार भनेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले भारतीय सञ्चारमाध्यमले आफ्नो देशले भारतविरुद्ध अपरेसनका क्रममा शाहीन मिसाइल प्रयोग गरेको भनी गरेको दाबी आधारहीन भएको बताएको हो।
पाकिस्तानको विदेश मन्त्रालयले भारतीय सेनाको आधिकारिक एक्स ह्यान्डलले शाहीन मिसाइल प्रयोग भएको देखिने भिडिओ जारी गरेपछि त्यस्तो दाबी आएको बताएको छ। तर त्यो भिडिओ भ्रामक भएको दाबी पाकिस्तानले गरेको हो।
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘भ्रामक भिडिओ पछि भारतीय सेनाले हटाएको थियो, तर त्यतिन्जेलसम्म केही भारतीय मिडियाले पुष्टिबिना नै ‘झुटो भाष्य’लाई बढावा दिइसकेका थिए। दुर्भाग्यवश, केही भारतीय समाचार संस्थाले अझै पनि यो गलत सूचना फैलाइरहेका छन्।’
यस्तै पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा भारतीय सेनाको आधिकारिक एक्स ह्यान्डलले अहिलेसम्म कुनै स्पष्टीकरण नदिएको टिप्पणी पनि गरेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भारतविरुद्धको द्वन्द्वमा पाकिस्तानी सेनाले अत्याधुनिक निर्देशित लामो दूरीका फताह-वान र टु, अति-आधुनिक गोला बारुद, उच्च क्षमताको लामो दूरीको लोइटरिङ किलर ड्रोन र सटिक लामो दूरीको तोप भने प्रयोग गरेको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया