समाज


महाशाखाले कसरी तयार गर्छ ३ दिनको मौसम पूर्वानुमान? (भिडिओ)

महाशाखाले कसरी तयार गर्छ ३ दिनको मौसम पूर्वानुमान? (भिडिओ)

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:१९, काठमाडौँ

मौसम पूर्वानुमानको लागि जल तथा मौसम विज्ञान विभागले विगत केही सयमयता गणितीय मौसम पूर्वानुमान विधिको प्रयोग गर्न थालेको छ।

यो विधिबाट गरिएको मौसम पूर्वानुमान धेरै हदसम्म मिल्न थालेकोसमेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार गणितीय विधिबाट तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सकिन्छ।

‘आगामी तीन दिनको मौसम कस्तो होला भनेर पत्ता लगाउन उच्च क्षमताको कम्प्युटरमा गणितीय मोडेल प्रयोग गरि मौसम पूर्वानुमान गर्ने विधि नै गणितीय मौसम पूर्वानुमान विधि हो,’ मौसमविद् पुडासैनीले भने, ‘यस विधिबाट हामीले तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छौँ।’

पुडासैनीका अनुसार महाशाखाले जमिनको सतहदेखि वायु मण्डलको विभिन्न तहको मौसमी तथ्यांकहरु संकलन गर्दै आएको छ। भू-उपग्रह, मौसमी केन्द्र र हवाई जहाजहरुबाटसमेत त्यस्ता तथ्यांकहरु संकलन हुँदै आएको उनले बताए। 

उनका अनुसार त्यसरी संकलन गरिएका तथ्यांकलाई प्रयोग गरेर वायु मण्डलको सीआयामिक प्रतिनिधित्व तयार गरिन्छ। जसले मौसमलाई असर गर्ने भौतिक प्रक्रियाहरुको नक्कल गर्छ। 

त्यस्ता भौतिक प्रक्रिया भन्नाले वाष्पिकरण, वादल बन्ने र पानी बन्ने प्रक्रिया भएको पुडासैनी बताउँछन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad