भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
नापी कार्यालय, भद्रपुर, झापाका सर्भेक्षक सुवाषचन्द्र यादव समेतका व्यक्तिहरूले जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाई छ।
आयोगले यादवलगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु १ लाख २५ हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सोही दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।
सो मुद्दामा विशेष अदालतले गत २०८१ वैशाख २१ को फैसलाबाट आंशिक सफाइ दिएको थियो।
उपरोक्त फैसलाउपर अख्तियारले यही जेठ २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
Shares

प्रतिक्रिया