समाज


कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८२ शुक्रबार ७:५, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाएको छ।

यस अवधिमा वैकल्किप मार्ग प्रयोग गर्नसमेत प्रहरीले सबै चालकलाई अनुरोध गरेको छ। 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा यो सडक आजदेखि १९ दिनसम्म बन्द हुने बताए। 

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ। 

वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नुरगराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ।’

स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad