काठमाडौँको वनस्थलीबाट माइक्रो बस चोरी भएको छ।
बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस काठमाडौँ महानगरपालिका १६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टर भित्रको पार्किङबाट चोरी भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
बस वैशाख २९ गते बिहान साढे ४ बजे चोरी भएको हो। प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई धादिङबाट पक्राउ गरेको छ।
स्याङ्जाको बिरुवा गाउँपालिका १ घर भइ काठमाडौँको बनस्थली बस्ने १९ वर्षका सुदिप थापाले चोरेर धादिङ पुर्याएको र उनलाई सवारीसाधनसहित जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा पक्राउ गरेको छ।
सुदिपलाई चोरी सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।
153
Shares

प्रतिक्रिया