नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको बर्खास्तीपछि बत्ती जान थालेको भनेर जनताले असन्तुष्टि जनाएको बतनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अघोषित लोडसेडिङ भएको हो भनेर प्रश्न समेत गरे। ‘म भरखरै पूर्वीनेपालको विभिन्न भागमा पुगेको थिएँ, अधिकाश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो,’ किराँतीले भने, ‘के यो अघोषित लोडसेडिङ हो? प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम हो?’
प्राधिकरणका नयाँ प्रमुखले घाटामा रहेको देखाएको भन्दै उनले के प्राधिकरण कौडीको भागमा बेच्न लागेको हो भन्ने प्रश्न गरे। ‘कुलमान हुँदा नाफामा रहेको प्राधिकरण, नयाँ प्रमुखले प्रस्तुत गरेको श्वेत पत्रमा एकाएक संकट ग्रस्त देखियो,’ किराँतीले भने, ‘यसबाट हामीले के बुझ्ने? के यो प्राधीकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपन्चको पूर्व तयारी हो?’
उनले थपे, ‘आकासमा चिल आयो चिल आयो भनेर धर्तिमा कुखुरा चोर्ने धुर्त स्यालको कथाको सुत्रले अब जनता नझुक्किने कुरा बुझ्न सरकारलाई अनुरोध गर्दछु। प्रकारन्तरले त्यस्तो हुन गए देशको निम्ति दुरभाग्र्य हुनेछ। त्यो बाटोमा नजान सरकारलाई गम्भीररुपले सचेत गराउँदछु।’
Shares

प्रतिक्रिया