समाज


आज तराईसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा पनि गर्मी अझ बढ्ने अनुमान

कता-कता छ वर्षाको सम्भावना?
आज तराईसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा पनि गर्मी अझ बढ्ने अनुमान

नेपालखबर
जेठ १, २०८२ बिहिबार ११:८, काठमाडौँ

हाल नेपालमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले यतिबेला देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागसहित देशका पहाडी भूभागका पनि धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। 

आज सबैभन्दा बढी तापक्रम दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा मापन हुने अनुमान महाशाखाको छ। ती ठाउँमा तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्छ।

आज सबैभन्दा कम तापक्रम आज राति जुम्लामा मापन हुने महाशाखाको अनुमान छ। त्यहाँ सात डिग्रीसम्म तापक्रम झर्ने देखिन्छ। 

त्यसैगरि आज ताप्लेजुङ, जिरी, पोखरा, जोमसोम लगायतका शहरमा भने हल्का पानी पर्ने सम्भावना छ। 

महाशाखाले आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा आज हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ।

बढ्दो तापक्रम, वर्षा, हिमपात जस्ता मौसमी क्रियाकलापकाे कारण देशका विभिन्न स्थानको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।  

त्यस्ता मौसमी प्रतिकुलताको असरबाट बच्नको लागि आवश्यक तयारीसँगै सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

हेर्नुहाेस् आजदेखि शनिबारसम्मकाे माैसम पूर्वानुमान 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad