पछिल्लो समय नेपालमा कोरोना परीक्षण गराउनेको संख्या बढ्दै गएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार अपरान्हसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै एक हजार २६६ जनाले कोरोना परीक्षण गरेका छन्। यीमध्ये ६ जनाको नतिजा पोजेटिभ देखिएको छ भने बाँकी सबैको नतिजा नेगेटिभ रहेको छ।
प्रवक्ता देवकोटाले शुक्रबार सञ्चार मन्त्रालयमा ओयोजित प्रेस ब्रिफिङ कार्यक्रममा उपत्यका बाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि परीक्षण सुरु भएसँगै परीक्षण गराउनेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको बताएका हुन्।
उनले शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौँडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमूना परीक्षण गरिएको उनले जानकारी दिए।
‘हामीले प्रत्येक दिन नमूना परीक्षणको दायरा बढाउँदै धेरैजसो केसहरु समेटने प्रयत्न गरेका छौँ’, उनले भने।
उनले नेपालभर हालसम्म उपत्यका भित्र र बाहिर गरेर १२० जाना आइसोलेसनमा रहेको बताए।
‘कोभिड १९ को संभावित संक्रमणको आशंकामा नेपालभर हारलसम्म १२० जना आइसोलेसनमा उपचाररत हुनुहुन्छ’, उनले भने, ‘उपत्यकामा १५ जना र उपत्यकाबाहिर १०५ जना गरी कूल १२० जना आइसोलेसनमा हुनुहुन्छ।’
उनले निको भएकालाई छाडेर अहिले संक्रमितको संख्या ५ वटा रहेको जानकारी दिए। संक्रमित पाँचै जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

प्रतिक्रिया