भारतको नयाँ दिल्लीमा सम्पन्न इन्डिया बार शोमा फ्लेयर बार टेन्डरतर्फ नेपालका नवीन धामी प्रथम भएका छन्।
इन्डिया बारटेन्डर्स गिल्डद्वारा नर्मन जे डब्ल्यू मेरियट, एयरोसिटी, दिल्लीमा सम्पन्न बार शोमा विभिन्न देशका फ्लेयर बारटेन्डरहरू सहभागी थिए।
इलुजन बार टेण्डरका प्रशिक्षक सन्तोष आचार्यका अनुसार नेपालबाट इलुजन बार टेण्डरबाट दुई जना सहभागी भएका थिए। वर्ल्ड फ्लेयर एसोसिएसनका प्रशिक्षक रामप्रसाद गौतमले दुई प्रतिस्पर्धी लिएर गएका थिए।
नेपालबाटै सहभागी विवेक दुलाल अन्तर्राष्ट्रिय मिक्सोलोजी श्रेणीमा उपविजेता भए। इन्डिया बार शोमा अमेरिका, रुस, मेक्सिको, आयरल्यान्ड, श्रीलंका, इटाली, दुबईलगायत देशका प्रतियोगीहरू सहभागी थिए।

606
Shares

प्रतिक्रिया