बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेम बहादुर साउद र सुर्खेतको सिम्ता गाउँपालिका– ८का २१ वर्षीय ललित बोहरा रहेका छन्।
साउदले आयरल्यान्ड पठाइदिने भन्दै ४१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको यस्तै, ललित बोहराले यूके पठाइदिने भनि १० लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
Shares

प्रतिक्रिया