समाज


भोजपुरमा अलपत्र २५० मजदुरको उद्धार

भोजपुरमा अलपत्र २५० मजदुरको उद्धार

नेपालखबर
चैत २१, २०७६ शुक्रबार २:५०,

लकडाउनको कारण अलपत्र परेका २ सय ५० मजदुरको भोजपुरबाट उद्धार गरिएको छ।

जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरेर आआफ्नो घर पठाइएको जिल्ला प्रशासन कार्यालयले भोजपुरले जनाएको छ।

यसैबीच काठमाडौँबाट फर्किएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उनले बताए।

यसैबीच जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डार रहेकाले लकडाउनको कारण आत्तिनुपर्ने अवस्था नरहेको पुरीले बताएका छन्।

‘‘भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ,’ उनले भने, ‘तेल, नुनसँंगै पेट्रोलियम पदार्थको पनि जिल्लामा अभाव छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad