मौसम पूर्वानुमान महाशाखाले आज शनिबार दिउँसो सूचना जारी गरी वर्षाबारे जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएको छ।
शनिबार दिउँसो ३:२० बजे प्रकाशित सूचनाअनुसार हाल म्याग्दी, बागलुङ र आसपासका थोरै क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।
साथै डडेलधुरा, अछाम, बाजुरा, दैलेख, मनाङ र सोलुखुम्बु जिल्लाका एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्का पानी परिरहेको छ।
सजग गराउँदै सूचनामा अगाडि भनिएको छ, 'यो पानी पार्ने प्रणाली उत्तर-पूर्वतिर सर्दै गइरहेको छ। यी स्थानलगायत बाँकी पहाडी भूभागका केही स्थानमा समेत मेघगर्जनसहित पानी पार्ने बादल विकास भइरहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।'
1.5k
Shares

प्रतिक्रिया