समाज


तीनकुनेमा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

तीनकुनेमा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार २०:२८, काठमाडौँ

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गरेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ घर भई काठमाडौँको तार्केश्वर १० मनमैजु बस्ने ३९ वर्षका मनबहादुर कालामगर रहेका छन्।

मनबहादुर तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुव्र्यवहार गरेको तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

तीनकुने घटनामा संलग्न रहेका आरोपमा ५२ जना अझै हिरासतमा छन्। ५० जनाभन्दा बढीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरिसकेको छ।

हिरासतमा रहेका मध्ये २५ जनालाई राज्यविरुद्धको कसुर र ३४ जनालाई आपराधिक उपद्रवको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। राज्यविरुद्धको कसुरमा ५ दिन र आपराधिक उपद्रवमा ७ दिन बिहीबार अदालतले म्याद थप गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad