ad ad

समाज


कञ्चनपुरमा लचिलो बन्दै लकडाउन, आइतबारदेखि दैनिक दुई घण्टा बैंक खुल्ने

कञ्चनपुरमा लचिलो बन्दै लकडाउन, आइतबारदेखि दैनिक दुई घण्टा बैंक खुल्ने

गोकुल जोशी
चैत २०, २०७६ बिहिबार १२:०,

कञ्चनपुरमा चैत २३ गतेदेखि दैनिक दुई घण्टा बैंक खुल्ने भएका छन्।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउन व्यवस्थित गर्दै प्रशासनले चैत्र २३ गतेदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्ने निर्णय गरेको हो।

‘भिड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्था गर्ने सर्तमा बैंक खोल्ने अनुमति दिइएको छ’, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले लकडाउनलाई व्यवस्थित गर्न विभिन्न सात निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयले कुखुराको दाना ढुवानीका लागि साँझ ८ बजेपछि रातको समय तोकेको छ। यस्तै भिडभाड नहुने गरी स्थानीय तह र सुरक्षा निकायसंग आवश्यक समन्वय गरी किसानहरुले गहुँ काट्न र थ्रेसर चलाउन पाउने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार डायलासिसका गर्नु पर्ने बिरामीको लागि सवारी पास नचाहिने र बिहीबारदेखि अस्पतालको पुर्जीका आधारमा बिरामी तथा बिरामीको एक जना सहयोगीलाई सहज रुपमा आवागमन गर्न दिइने छ।

दैनिक उपभोग्य वस्तु भने स्थानीय तहहरुमा सञ्चालनमा रहेका घुम्ती सेवालाई लिन सक्ने छन्। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै चैत १० गतेदेखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .