कोरोना (कोभिड–१९) बाट संक्रमित हुने छैटौँ बिरामी ६५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बागलुङकी स्थानीय उनी अहिले आफ्नो घरमै रहेको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले नेपालखबरलाई बताए।
यसअघि कोरोना संक्रमण देखिएका सबै पाँचजना युवा अवस्थाका रहेकोमा छैटौँ संक्रमित महिला बढी उमेर हुने पहिलो बिरामी हुन्।
उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन्। सोही विमानबाट आउने अन्य दुई युवतीमा पनि संक्रमण भएको थियो।
फ्रान्सबाट कतार हुँदै सोही विमानमा नेपाल आएकी एक युवतीमा चैत १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो, त्यसको पाँच दिनपछि अर्थात चैत १५ गते बागलुङकी अर्की किशोरीमा पनि कोरोना संक्रमण भेटिएको थियो। बिहीबार सोही विमानमा आएकी अर्की युवतीको पनि रिपोर्ट पोजेटिभ भेटिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। छ जनामध्ये चीनबाट आएका एक युवामा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। उनी स्वस्थ भएर घर फर्केका छन्।
यो पनि: नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच
Shares
प्रतिक्रिया