राप्रपा सांसद रोशन कार्कीले आईपीओ जारी गर्न धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको भन्दै उनीमाथि कारबाहीको माग गरेकी छिन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उलने भनिन्, ‘आईपीओ निस्काशन गर्नका लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा प्रशस्त बजारमा आइरहेको छ।’
धितोपत्र बोर्डका अध्यक्षमाथि प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले कारबाही गर्नुपर्ने पनि कार्कीले माग गरिन्।
‘धितोपत्र बोर्डका अध्यक्षले खुलमखुल्ला जसरी कमिसन मागेका छन्, मलाई त लाग्छ–प्रधानमन्त्रीज्यूको अध्यक्षमा बनेको सुशासन आयोगले एउटा राम्रो काम पाएको छ,’ उनले भनिन्, ‘तत्कालै सुशासन आयोगले त्यो काम अगाडि बढाओस्। र, कमिसनखोर धितोपत्र बोर्डको अध्यक्षमाथि कारबाही होस्।’
Shares

प्रतिक्रिया