समाज


भोलि काठमाडौँ उपत्यकाका सबै अदालत खुल्ला रहने

भोलि काठमाडौँ उपत्यकाका सबै अदालत खुल्ला रहने

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १८:२९, काठमाडौँ

बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि उच्च अदालत पाटन र उपत्यका भित्रका मातहतका अदालत बन्द नहुने भएका छन्। उच्च अदालत पाटनले मंगलबार अदालत खुला रहने सूचना जारी गरेको हो। 

सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने भनि बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार निर्णय गरेको थियो। तर काठमाडौँ उपत्यकाको हकमा गृह मन्त्रालयले निर्णय गरे बमोजिम हुने भएकाले बिदा नहुने पाटन अदालतको निर्णय छ। 

‘यस अदालत र काठमाडौँ उपत्यकाभित्रका यस अदालत मातहतका अदालतहरु समेत खुला रहने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ उच्च अदालतको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad