अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन समेतका प्रतिवादीहरू उपर सर्वोच्चमा पुनरावेदन गरेको हो।
आयोगका अनुसार सल्यानको शारदा नगरपालिका १५ स्थित सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण कार्यमा सम्झौता बमोजिमको सडक हुन नसकेको, निर्मित सडकमा सवारी साधन संचालन हुन नसकेको र फिल्डमा भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई अन्तिम बील भुक्तानीको लागि गलत नापी किताब, उपभोक्ता समितिको बील तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी ७ लाख १४ हजार ४१ रुपैयाँ ९ पैसा बराबरको सार्वजनिक सम्पति हानि नोक्सानी गरेको देखिएकोले विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो।
विशेष अदालतले मिति २०८० फागुन १५ को फैसलाबाट उनीहरूलाई सफाई दिएकोले उपरोक्त फैसलाउपर यही वैशाख २३ गते अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
अख्तियारले विनोद पुन, कुमार बोहरा, प्रकाश शाही, कुल बहादुर बुढा, मानदेव कवर र नन्दकुमारी कवरलाई विपक्षी बनाएको छ।
Shares

प्रतिक्रिया