अमेरिकाले आफूमाथि लगाएको आर्थिक प्रतिबन्धका कारण आफ्नो देशले स्वास्थ्य सामग्री अन्य देशबाट आयात गर्न नपाएको र स्वास्थ्य सामग्रीको अभावमा आफ्नो देशमा कोरोना संक्रमितले ज्यान गुमाइरहको इरानको भनाइ छ।
इरानमा हालसम्म कोरोनाका कारण ४७ हजार ५९३ जना कोरोनाबाट बिरामी परेका छन्। त्यहाँ ३ हजार ३६ जनाको मृत्यु भइसकेको छ।
इरानका विदेशमन्त्री जाभेद जरिफले अमेरिकले लगाएको आर्थिक प्रतिबन्ध ‘आर्थिक आतंकवाद’ भएको टिप्पणी गरेका छन्। प्रतिबन्ध तत्काल हटाउनुपर्ने इरानका माग छ।
अमेरिकी आर्थिक प्रतिबन्ध हटेमा अन्य मुलुकबाट स्वास्थ्य सामग्री आयात गर्न बाटो खुल्ने इरानको भनाइ छ।
इरानले पछिल्लो सयम युरेनियम प्रशोधन बढाउँदै लगेपछि अमेरिकाले युरेनियम प्रशोधन बन्द गर्न चेतावनी दिँदै आएको छ। इरानले अमेरिकाको भनाइ नमानेपछि अमेरिकाले इरानमा आर्थिक प्रतिबन्ध लगाएको हो।
इरानसँग आर्थिक कारोबार नगर्न अमेरिकाले अन्य राष्ट्रलाई आग्रह गर्दै आएको छ। एजेन्सी
![]()
जाभेद जरिफ

प्रतिक्रिया