कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ।
यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्याउने जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ।
डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बुधबार एक टेलिभिजन सम्बोधनका क्रममा बताएका हुन्।
‘लकडाउन उल्लंघन गरेर सरकारलाई चुनौती नदिनुहोस्, तपाइँहरु हार्नु हुनेछ।’ सम्बोधनका क्रममा डुटेर्तेले भनेका छन्,‘स्वास्थ्यकर्मी डाक्टर कसैलई पनि हानी हुने किसिमको कार्य पनि नगरौं। किनभने त्यो गम्भीर अपराध हो, यदी कसैले अवरोध सिर्जना गरे उनीहरुको जीवन खतरामा पर्नेछ। मैले गोली हान्न आदेश दिएको छु।’
हालसम्म फिलिपिन्समा २ हजार ३११ कोरोनाबाट बिरामी परेका छन्। त्यहाँ हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ।
डुटेर्तेले यसअघि आफ्ना देशमा लागुऔषध कोरोबारी गर्नेलाई गोली हान्न आदेश दिएका थिए। यसबीचमा त्यहाँ सयौं लागुऔषधी व्यापारी र लागुऔषध प्रयोगकर्तालाई गोली हानेर हत्या गरिएको छ।
Shares

प्रतिक्रिया