समाज


कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो, संक्रमितको संख्या साढे ९ लाख नजिक

 कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो, संक्रमितको संख्या साढे ९ लाख नजिक

नेपालखबर
चैत २०, २०७६ बिहिबार १:१५,

संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणबाट बुधबार एकै दिन ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ।

यो, काेराेना संक्रमणका कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। हिजो एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ।

संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। यो बिहीबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ४९ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ। अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

त्यहाँ बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि बुधबार स्पेनमा धरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ९ सय २३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ।

इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ।
युकेमा बुधबार यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २३ सय ५२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ हजार नाघेको छ।

फ्रान्समा बुधबार यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ।

त्यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad