आगामी नोभेम्बरमा ब्रिटेनमा हुने भनिएको विश्व जलवायु सम्मेलन अनिश्चित भएको छ।
ब्रिटेनको ग्लास्गोमा नोभेम्बर ९ मा सुरु गर्ने तयारी गरिएको जलवायु सम्मेलन अहिले फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्काे वर्षसम्मका लागि सारिएको हो।
बीबीसीका अनुसार ब्रिटेन र संयुक्त राष्ट्रसंघका अधिकारीले इन्टरनेटमार्फत ‘भर्चुअल’ बैठकपश्चात् संयुक्त विज्ञप्ति जारी गर्दै जलवायु सम्मेलन तोकिएको मितिमा नहुने जानकारी गराएका हुन्।
अर्काे वर्षसम्मका लागि सारिएको भनिए पनि कहिले भन्ने निश्चित गरिएको छैन।
सम्मेलनका लागि स्कटल्यान्डको ग्लास्गो सहरमा प्रतिनिधि, पत्रकार र वातावरण अभियानकर्ता गरी ३० हजार जना भेला हुँदै थिए।
अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।
जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको ५ वर्षपछि विश्वका देशले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।

प्रतिक्रिया