ad ad

समाज


तत्काल सामान ल्याउन बजार मूल्यभन्दा २० प्रतिशत बढिमा सम्झौता गर्यौंः महानिर्देशक श्रेष्ठ

तत्काल सामान ल्याउन बजार मूल्यभन्दा २० प्रतिशत बढिमा सम्झौता गर्यौंः महानिर्देशक श्रेष्ठ

नेपालखबर
चैत १९, २०७६ बुधबार ११:१६,

सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री तत्काल ल्याउनका लागी ओम्नी समूहसँग बजार मल्यभन्दा २० प्रतिशत बढि मूल्यमा ल्याउन सम्झौता गरेको स्वास्थ्य मन्त्रालयले नै स्वीकारेको छ।

बजार मूल्यभन्दा २० प्रतिशत बढीमा सम्झौता गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

‘हामीलाई सामान तत्काल चाहिएको थियो’, महानिर्देशक श्रेष्ठले भने, ‘हतारमा सामान ल्याउनेगरी सम्झौता गर्दा २० प्रतिशत बढी रकममा सम्झौता गरेका हौं, रकम ठूलो कुरा होइन भनेर तुरुन्त सम्झौता गर्यौं,’ उनले भने।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

तर सो कम्पनीले उसको प्रतिबद्धताअनुसार सामान ल्याउन नसकेको भन्दै विभागले बुधबार नै उसँगको सम्झौता रद्द गरेको समेत घोषणा गरेको छ। सरकारलले उसलाई कालोसूचीमा समेत राखेको छ।

याे पनि: 
चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालोसूचीमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .