ad ad

समाज


लकडाउनका बेला किसानलाई हौसला दिन पाँचखालका मेयर फाँट–फाँटमा

लकडाउनका बेला किसानलाई हौसला दिन पाँचखालका मेयर फाँट–फाँटमा

नेपालखबर
चैत १९, २०७६ बुधबार ११:९,

काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले किसानलाई हौसला दिन खेतबारीमा पुगेका छन्।

 काठमाडौँलाई तरकारी पठाउने मुख्य क्षेत्रका रुपमा रहेको पाँचखालका किसानलाइ हौसला दिन नगर प्रमुख खरेल आलु खन्ने सिजन पारेर किसानलाई हौसला दिन खेतबारीमै पुगेका हुन्।

पाँचखालमा उत्पादन भएका तरकारी बजारसम्म पु¥याउने नगरले गर्नुपर्ने सहयोग सबै गर्ने नगर प्रमुख खरेललको भनाइ छ। खरेलले काम गर्ने कुरामा पनि दूरी कायम गरेर गर्न किसानहरुलाइ आग्रह गरे। नगरले तरकारी, दूध, खाद्यान्न ढुवानी गर्ने सबारीसाधनलाइ छुट्टै पासको व्यवस्था गरेको छ। दूध संकलन गर्ने ठाउँमा दूरी कायम संकलन गर्ने तथा सेनिटाइजर, मास्क लगायतका सामग्री बितरण गरिएको छ।

पाँचखालमा कीटनासक विषादी छर्न सुरु
पाँचखाल नगरपालिकाले आफ्नो नगरमा कुनै पनि प्रकारको सरुवा रोग निर्मुलको लागि दमकलमार्फत कीटनासक विषादी छर्न सुरु गरेको छ।

मंगलबारबाट सुरु गरेको अभियान सुरुमा प्रमुख व्यापारिक केन्द्र हुँदै टोलसम्म पुग्ने बताइएको छ।

विश्वमा कोरोना भाइरसको महामारी चलिरहेको समयमा पाँचखालले अभियान सुरु गरी ल्कोरिनेसन (डिसइन्फेक्टेन्ट) छर्न सुरु गरेको हो। जसको कारण कोरोना भाइरस, डेंगुलगायतका सरुवा रोगको नियन्त्रण हुने बताइएको छ। पहिलो चरणमा चार सय किलो ल्कोरिनेसन खरिद गरी डब्लुएचओको मापदण्ड अनुसार स्प्रे सुरु गरेको नगरपालिकाले जनाएको छ।

कोरोना भाइरस, डेंगु रोग साथै अन्य सरुवारोगहरु समेत नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान संञ्चालन गरेको मेयर खरेलले बताए।

उनका अनुसार नगरबासीको सुरक्षा साथै हौसला दिनको लागि उक्त अभियानको सुरुवात गरिएको हो।

अभियानमा प्रमुख प्रशसकीय अधिकृत लोकबहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ठबहादुर तामङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवी कुमार लामिछने, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, नगरपालिका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो।

नगरभित्रका भट्टी अनुगमन
लकडाउनका बेला भट्टी पसलमा मानिसहरुको भिड लागेको गुनासो आएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले छड्के अनुगमन गरेका छन्। उनले मंगलबार साँझ तीनपिप्ले, तामाघाट, समाजकल्याण चोक, लामिडाँडा र जिरोकिलो क्षेत्रको बजार अनुगमन गरेको हो।

बजार अनुगमनका क्रममा भट्टी पसल निर्वाध रुपमा खुलेको देखेपछि नगर प्रमुख खरेलले तत्काल बन्द गराउन निर्देशन दिए। उनले पुनः दोहोर्याएर पसल खोले सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरे। ‘यो महामारीका बेला रमाइलो गर्ने समय होइन’, उनले भने, ‘आफ्नै घरभित्र बस्ने, सुरक्षित रहने, तर, अहिले त्यस्तो देखिएन, त्यसैले कडाइ गर्न आफैँ निस्किए।’

उनले अत्यावश्यक क्षेत्रभित्र भट्टी नपर्ने बताए। ‘अत्यावश्यक चिजको पसल निश्चित दुरी कायम गरेर खोल्न भनेका हौँ, सुर्ती र मदिरा जन्य वस्तु अत्यावश्यक चिज भित्र पर्दैन’, मेयर खरेलले भने, ‘अबदेखि खोलेको भेटिए सञ्चालक समेत पक्राउ पर्छन्।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .