समाज


कोरोनाः फिलिपिन्समा चिकित्सकमाथि आक्रमणको घटना बढेपछि प्रहरीले सुरक्षा दिने

कोरोनाः फिलिपिन्समा चिकित्सकमाथि आक्रमणको घटना बढेपछि प्रहरीले सुरक्षा दिने

नेपालखबर
चैत १९, २०७६ बुधबार ११:२०,

कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रण गर्न खटेका चिकित्सकहरुमाथि फिलिपिन्समा आक्रमणको घटना बढेपछि प्रहरीले त्यहाँका चिकित्सकहरुलाई सुरक्षा दिने भएको छ।

फिलिपिन्स न्युज एजेन्सीका अनुसार बुधबार सरकारले चिकित्सकहरुलाई प्रहरीले सुरक्षा दिने बताएको हो।

मन्त्रिपरिषदका सचिव कार्लो नोगरालेसले देशको सेवामा खटेका चिकित्सकमाथि हुने गरेको आक्रमणको सरकारले निन्दा गर्ने बताए।

गत मार्च २७ मा अस्पतालमा काम गरेर फर्किरहेका एक चिकित्सकमाथि अज्ञात समूहले क्लोरिन आक्रमण गरेको थियो।

सोही दिन पाँच जना चिकित्सकको टोलीमाथि कपाल विगार्ने तत्व ब्लिच आक्रमण भएको थियो।

यसअघि भारतमा कोरोनाको उपचारमा खटेका डाक्टर तथा नर्सहरुलाई घरबेटीले घर छाड्न आदेश दिएको समाचारहरु सार्वजनिक भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad