समाज


गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा

गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ११:४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वाेच्चमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पहिलो सुनुवाइ आज हुँदै छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएको हो। 

थापाविरुद्ध गएको आइतबार अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो। 

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्। 

थापाले गएको बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा ‘सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ। हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको दाबी गर्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो। 

थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको दाबी गर्दै भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad