समाज


चीनमा विदेशबाट फर्किएका व्यक्तिमा बढी कोरोना संक्रमण

चीनमा विदेशबाट फर्किएका व्यक्तिमा बढी कोरोना संक्रमण

नेपालखबर
चैत १९, २०७६ बुधबार ८:३६,

चीनमा गएको २४ घण्टामा ३६ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

तीमध्ये अधिकाँश व्यक्ति हालै विदेशबाट फर्किएका व्यक्ति भएको सिन्ह्वाले जनाएको छ।

३६ संक्रमितमध्ये ३५ व्यक्ति हालै विदेशबाट फर्किएका थिए। उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो।

चीनमा हालैको दिनमा कोरोनाको प्रभाव घट्दो छ।

यसबीचमा चीनमा विदेशबाट फर्किएको व्यक्तिमा धेरै कोरोना संक्रमण देखिएपछि चीनले हालै तत्कालका लागि विदेशी पर्यटकलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ।

हालसम्म चीनमा ८१ हजार ५५४ जना कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ३३ सय १२ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .