समाज


निर्वाह भत्ताको माग गर्दै आज पनि आवासीय चिकित्सकको प्रदर्शन

निर्वाह भत्ताको माग गर्दै आज पनि आवासीय चिकित्सकको प्रदर्शन

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १५:१७, काठमाडौँ

आठौँ तह बराबरको निर्वाह भत्ता माग राखेर आन्दोलित आवासीय चिकित्सकहरुले आज पनि सडक आन्दोलन जारी राखेका छन्। 

चैत्र २१ गते देखि सेवा बहिष्कार गर्दै आन्दोलन सुरु गरेका आवासीय चिकित्सले आइतबार माइतिघर मण्डलाबाट र्‍याली निकाले। 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताए। ‘माग पुरा नभएसम्म हाम्रो आन्दोलन टुगिंदैन,’ उनले भने, ‘आज पानीमा रुझ्दै र्‍याली निकाल्यौँ।'

देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी र्‍यालीमा सहभागी भएका थिए।

 
नेपाल चिकित्सक संघको आह्वानमा गत शुक्रबारदेखि देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्। संघले शुक्रबार प्रेस विज्ञेप्ति जारी गर्दै सेवा बहिष्कार गर्न आग्रह गरेको थियो।
 
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले माघ २५ गते नै आवासीय चिकित्सकहरुलाई आठौँ तह (४८ हजार रुपैयाँ) बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो।  

२ महिनासम्म पनि निर्णय लागू नभएको भन्दै आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गरेर आन्दोलन सुरु गरेका छन्। उनीहरुले प्रत्येक दिन माइतिघर मण्डलामा प्रर्दशन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad