आज भैरहवा, धनगढी र नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले आज सबैभन्दा धेरै तापक्रम भैरहवामा ४२ डिग्रीसम्म पुग्ने अनुमान गरेको छ।
त्यसैगरि धनगढी र नेपालगन्जको अधिकतम तापक्रम आज ४१ डिग्रीसम्म पुग्ने अनुमान छ। आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा चार डिग्रीसम्म मापन हुने अनुमान पनि महाशाखाले गरेको छ।
पानी पर्न राेकिएसँगै विगत केही दिनदेखि देशैभरि तापक्रम बढ्दै गएकाे छ। आज काठमाडौँको अधिकतम तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीचमा रहने विभागको पूर्वानुमान छ।
आज जोमसोम र ताप्लेजुङमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएका छ।

1.5k
Shares

प्रतिक्रिया