ग्लोबल


पाकिस्तानले सिपाही छोरा लगेपछि भारत सरकारसँग हारगुहार

पाकिस्तानले सिपाही छोरा लगेपछि भारत सरकारसँग हारगुहार

पाकिस्तानले हिरासतमा लिएका भारतीय सिपाही पूर्णमको परिवार।


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १४:२, काठमाडौँ

पाकिस्तानी रेन्जर्स (अर्धसैनिक बल) ले हिरासतमा लिएका भारतीय बीएसएफ  (सीमा सुरक्षा बल) जवान पूर्णमकुमार (पीके) सावका बुबा भोलानाथ सावले आफ्ना छोराको सुरक्षित फिर्तीका लागि भारत सरकारलाई अपिल गरेका छन्।

पूर्णमकी श्रीमती रजनीले पनि आफ्ना पतिको सुरक्षित र तत्काल फिर्तीका लागि केन्द्र र राज्य दुवै सरकारसँग अनुरोध छन्।

पश्चिम बंगालको हुगली जिल्लाको रिश्रामा बस्ने पूर्णमको परिवारलाई उनका एक साथीले फोनबाट घटनाबारे जानकारी गराए थिए।

बुबा भोलानाथ सावका अनुसार पूर्णम गत महिना बिदामा घर आएका थिए र मार्च ३१ मा पठानकोट फर्किएका थिए।

श्रीमती रजनी भन्छिन्, ‘पहलगाम घटनापछि मैले श्रीमान्‌सँग फोनमा कुरा गरेकी थिएँ। गत बुधबार राति श्रीमान्‌का एक साथीले मलाई फोनमा उहाँको पाकिस्तानी रेन्जर्सको हिरासतमा रहेको जानकारी गराए।’

उनका अनुसार पूर्ण गत महिना प्रयागराजमा आयोजित कुम्भको समयमा पनि ड्युटीमा थिए।

पूर्णमका बुबाले भने, "बुधबार फोन गरिएको थियो तर कुनै प्रतिक्रिया आएन। त्यसपछि राति हामीले उनी पाकिस्तानको हिरासतमा रहेको जानकारी पायौँ। बीएसएफका एक वरिष्ठ अधिकारीसँग फोनमा कुरा गरियो।’

पीडित परिवारलाई अहिले पूर्णमलाई कहाँ राखिएको छ भन्ने थाहा छैन।

भारतका केन्द्रीय मन्त्री तथा राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदारले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा लेखेका छन्, ‘यस बुधबार हुगलीको रिस्दाका एक बहादुर बीएसएफ जवान पीके सावलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको छ। आज मैले उनको परिवारसँग कुरा गरेँ र तपाईंहरू एक्लो हुनुहुन्न, भारत सरकार तपाईंहरूका साथमा दृढतापूर्वक उभिएको छ।’

उनले सरकारले सैनिक पूर्णमलाई मातृभूमिमा फिर्ता ल्याउन कूटनीतिक र प्रशासनिक दुवै तरिकाले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबको फिरोजपुर सीमामा बीएसएफको १८२औँ बटालियनमा तैनाथ पूर्णलाई बुधबार पाकिस्तान रेन्जर्सले हिरासतमा लिएको हो। घटनाका बेला उनी सिपाही पोसाकमा थिए र उनीसँग सर्भिस राइफल थियो।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव  बढेको छ। जसले संयुक्त राष्ट्रस‌ंघलाई समेत चिन्तित बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad