समाज


वरिष्ठ अधिवक्ताहरूलाई बारको सर्कुलर: बहस गर्दा अनिवार्य सहयोगी अधिवक्ता राख्नू

वरिष्ठ अधिवक्ताहरूलाई बारको सर्कुलर: बहस गर्दा अनिवार्य सहयोगी अधिवक्ता राख्नू

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १७:५२, काठमाडौँ

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ताले बहस गर्दा व्यावसायिक रुपमा सहयोगी अधिवक्ता संलग्न गराउन सर्कुलर गरेको छ।

बारले बिहीबार सबै शाखाहरूलाई सर्कुलर गर्दै ‘इजलासमा उपस्थित भै बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई सहयोगीको रुपमा संलग्न गराउनु पर्ने व्यवस्थाको अनिवार्य पालना गर्न गराउन आफू सम्बद्ध सम्बन्धित वरिष्ठ अधिवक्ताहरुलाई सूचित’ गर्न भनेको छ।

नेपाल बार एसोसिएनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी सर्कुलरमा सर्वोच्च अदालत बार एसोसिएसन, सबै उच्च अदालत बार एसोसिएसनहरू, विशेष अदालत बार एसोसिएसन, सबै जिल्ला अदालत बार एकाइहरू तथा नेपाल बार एसोसिएसन समेतलाई कानुनी व्यवस्थाबारे सम्मरण गराइएको छ।

सर्कुलरमा ‘सर्वोच्च अदालतको मिति २०७९ फागुन १७ गतेको पूर्ण बैठकको निर्णयानुसार ‘कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९’ स्वीकृत भई कार्यान्वयनमा रहेको’ स्पष्ट पार्दै ‘सो को नियम ६ को खण्ड (ख) मा वरिष्ठ अधिवक्ताको थप आचरण अन्तर्गत ‘कुनै पनि मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एक जना अधिवक्तालाई व्यावसायिक सहयोगीको रुपमा संलग्न गराउनुपर्ने छ’ भन्ने व्यवस्था रहेको स्मरण गराइएको छ।

बार एसोसिएनले ‘ज्ञानको पुस्तान्तरण एवं नवोदित कानुन व्यवसायीलाई सशक्त बनाउने समेतको पवित्र उद्देश्यले ल्याइएको उक्त प्रावधानको व्यवहारिक क्रियाशीलतामा संशय उत्पन्न भएको महसुस गरिएको र नेपालको कानून व्यवसायको संस्थागत विकासमा सो प्रावधान तत्काल प्रभावकारी रुपमा लागू हुन सख्त जरुरी देखिएको’ बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad