ad ad

समाज


कोरोना परीक्षण आजदेखि पोखरामा पनि

कोरोना परीक्षण आजदेखि पोखरामा पनि

नेपालखबर
चैत १९, २०७६ बुधबार ०:५३,

आज (बुधबार) देखि कोरोना भाइरस पत्ता लगाउने परीक्षण पोखरामा पनि हुने भएकाे छ।

त्यसका लागि त्यहाँ मंगलबारै कोरोना भाइरस (कोभिड-१९) जाँच गर्ने मेसिन पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले चीनबाट खरिद गरेर ल्याएको पीसीआर मेसिन गण्डकी प्रदेशमा मंगलबार पुर्‍याइसकिएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे प्रयाेेगशालाबाट काेराेना परीक्षण थालिने भएकाे हाे।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदबिन्दु शर्माका अनुसार मेसिनले ५ घन्टामा ४ जनाको स्वाब परीक्षण गर्नेछ।

उपकरणका साथमा काठमाडौंबाट बलराम गौतम, श्रीराम बास्तोला र रोजी पाण्डे संलग्न विशेषज्ञको टोलीसमेत पोखरा पुगिसकेको छ। जसले पोखराका चिकित्सकलाई कोरोना परीक्षणबारे तालिम पनि दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे पनि : 

टेकुमा मात्रै हुने कोरोना जाँच अब हुँदैछ देशका यी ९ स्थानमा पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .