निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरुले प्रदर्शन गरेका छन्।
चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै बिहीबार माइतीघरस्थित स्वास्थ्यमन्त्रालय अगाडि प्रदर्शन गरेका हुन्। 
चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन्। तर, निजी कलेज सञ्चालकहरु आफूहरुले त्यो दिननसक्ने अडान लिइरहेका छन्।




153
Shares

प्रतिक्रिया