माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्षा नारायणकाजी श्रेष्ठसहितका नेता आज गोरखा पुगेका छन्।
उनीहरु बिहीबार दिउँसाे गाेरखा नगरपालिका–१२ कुन्दुटारस्थित १० किलो पुगेका हुन्।
१० किलोमा उनीहरुले सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका उनको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डसहितका नेताले सहिद भिष्म कुमालसहितलाई भेटेका हुन्।
भोलि (वैशाख १२ गते) बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा प्रचण्ड सहभागी हुने कार्यक्रम छ।


144
Shares

प्रतिक्रिया