आगामी दुई दिन (वैशाख ११ र १२ गते) सम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मी हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बुधबार (वैशाख १० गते) साँझ ७ बजे विशेष बुलेटिन जारी गर्दै मौसम महाशाखाले उक्त २ दिन लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो लहर (Heat wave) को समेत सम्भावना रहेको जानकारी दिएको छ।
बुलेटिनमा भनिएको छ- आगामी दुई दिनसम्म मधेसप्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका भूभागमा आगामी २ दिन (वैशाख १२ गतेसम्म) तातो लहर (Heat wave) को समेत सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
हेर्नुहोस् सूचना-

Shares

प्रतिक्रिया