खेल


लुम्बिनी कपको उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्ने

लुम्बिनी कपको उपाधिका लागि एपीएफ र पुलिस क्लब भिड्ने

नेपालखबर
बैशाख १०, २०८२ बुधबार २१:३०, काठमाडौँ

नेपालगञ्जमा जारी लुम्बिनी कप अन्तर्र्रािष्ट्रय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

नेपालगन्ज रङ्गशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहटलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लबले पुलिस क्लबसँगको भेट पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ७३ औँ मिनेटमा अनिता केसीको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो। ८० औँ मिनेटमा निशा थोकरले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन्।

खेलको ९० औँ मिनेटमा सविता राना मगरको गोलमा एपीएफले ३–० को अग्रता बनाएको थियो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा एपीएफ फाइनलमा पुगेको हो।

खेलपछि एपीएफकी कप्तान अनिता बस्नेतले खेलाडीहरुबीच राम्रो तालमेल नमिल्दा गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसलाई सुदपयोग गर्न नसकेको बताईन्।

उता रौतहटकी कप्तान सलोनी मगरले डिफेन्स र गोलरक्षको कम्युनिकेशन नमिल्दा जित हासिल गर्न नसकेको बताइन्।

प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुनेछ।

पुलिस क्लबले मङ्गलवार विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगितामा घरेलु टोली बाँके–११, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टोली सहभागी थिए।

प्रतियोगिताको उपाधि विजेताले ५ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad