न्युयोर्क पुलिस डिपार्टमेन्टका झण्डै १२ सय सदस्य कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ।
मंगलबारसम्ममा १ हजार १ सय ९३ प्रहरी संक्रमित भएका हुन्।
संक्रमितमध्ये १ हजार ४८ जना बर्दीधारी प्रहरी हुन् भने १ सय ४५ जना गैरवर्दीधारी।
सो डिपार्टमेन्टका ५ हजार ६ सय ७४ सदस्य अर्थात् १५ प्रतिशत शक्ति बिरामी परेको जनाइएको छ।
न्युयोर्क राज्यमा ७५ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने कम्तीमा १ हजार ५ सयको मृत्यु भएको छ। सीएनएन
3
Shares
प्रतिक्रिया