ad ad

समाज


रुसमा क्वारन्टिन तोड्नेलाई ७ र अफवाह फैलाउनेलाई ५ वर्ष जेल

रुसमा क्वारन्टिन तोड्नेलाई ७ र अफवाह फैलाउनेलाई ५ वर्ष जेल

नेपालखबर
चैत १८, २०७६ मंगलबार १५:३८,

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रुसको संसदले क्वारटिन लागू गराउन कडा कानुन पारित गरेको छ।

‘एन्टी भाइरस’ भनिने गरिएको ती कानुनमा क्वारन्टिनको नियम उल्लंघन गर्नेलाई ७ वर्षसम्म जेल सजायको व्यवस्था छ।

सो कानुनअनुसार कसैले क्वारन्टिन उल्लंघन गर्दा त्यसको नतिजास्वरुप भाइरसबाट कसैको ज्यान गएको पुष्टि भए त्यस्ता व्यक्तिलाई ७ वर्ष जेल हालिनेछ।

महामारीबारे झुठा समाचार फैलाए ५ वर्ष जेलको व्यवस्था छ। त्यस्तै घरभित्र बस्ने आदेश उल्लंघन गरे चर्को जरिवाना समेत लगाइने छ।

रुसमा हालसम्म २ हजार ३ सय ३७ जना संक्रमित भएका छन् भने १७ जनाको ज्यान गएको छ।

कोरोना भाइरस संक्रमितको उपचार गरिरहेको मस्कोको मुख्य अस्पतालका प्रमुख डेनिस प्रोत्सेन्को पनि मंगलबार संक्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .