जर्मन वैज्ञानिकहरुले विद्यमानभन्दा १० गुणासम्म छिटो कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने विधि पत्ता लगाएका छन्।
जर्मनीको एक राज्य हेस्सेको विज्ञान मन्त्रालयले जनाएअनुसार नयाँ विधिले एकै पटक धेरै वटा नमुनाको मूल्यांकन गर्न सकिन्छ।
‘हाल जर्मनीमा प्रतिदिन ४० हजार परीक्षण गर्न सकिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ विधिले त्यसको क्षमता बढाएर प्रतिदिन २ लाखदेखि ४ लाखसम्म परीक्षण गर्न सम्भव हुनेछ। त्यसो गर्दा परीक्षणको गुणस्तरमा कुनै कमी आउने छैन।’
सामान्यतयाः अहिले मुख र नाकबाट लिइएको स्वाबलाई बेग्लाबेग्लै मूल्यांकन गर्ने गरिन्छ। तर, नयाँ विधिअनुसार वैज्ञानिकहरुले कयौँ नमुनालाई एउटै घोलमा मिसाएर पीसीआर विधिबाट परीक्षण गरिन्छ। जसले सार्स–कोभ–२ भाइरस पत्ता लगाउँछ।
नतिजास्वरुप सबै निगेटिभ देखिए संलग्न सबै नमुना निगेटिभ रहेको पुष्टि हुन्छ। तर, नतिजा पोजिटिभ आए कुन नमुना संक्रमित हो भनेर छुट्याउन पुनः सबै नमुनाको अलगअलग परीक्षण गर्नुपर्ने हुन्छ। सीएनएन
Shares
प्रतिक्रिया