समाज


तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १७:३१, काठमाडौँ

काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

तारकेश्‍वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्‍वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad