नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको नेपालखबरलाई जानकारी दिए। उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन्।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन्।
ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए। माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए।
654
Shares

प्रतिक्रिया