समाज


सुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख दिने सरकारको निर्णय

तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १६:२१, काठमाडौँ

सरकारले गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा मारिएका सुरेश रजक र सविन मर्हजनका परिवारलाई १० लाख दिने सरकारको निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

तीनकुने प्रदर्शनमा सविनलाई प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने पत्रकार रजकलाई घरभित्र थुनेर आगो लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad