महानगरीय प्रहरी कार्यालय रानीपोखरीले राजधानीका विभिन्न ठाउँमा खाद्य सामग्री वितरण गरेको छ।
लकडाउनका कारण अप्ठ्यारोमा परेका व्यक्तिलाई प्रहरीले मंगलबार निःशुल्क खाद्य सामग्री वितरण गरेको हो।
नेपाल मानव अधिकार सेवा समाज मनमैजूमा रहेका ३० जना, नवजीवन समाज, फुटुङमा २० जना, पवित्र समाज सेवा टोखामा रहेका ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाइनमा फोन गर्ने २ जना श्रमिकलाई खाद्य सामग्री वितरण गरेको हो।
उपत्यकामा रहेका कसैले खाद्य सामग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी जानकारी गराउन महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गरेका छन्।
डीआईजी पोखरेलको अग्रसरतामा विभिन्न बैंकहरुसँग समन्वय गरी जुटाएको खाद्य सामग्री प्रहरीले विपतमा परेकालाई वितरण गरिरहेको हो। यसअघि आइतबार र सोमबार पनि विभिन्न ठाउँमा वितरण गरिएको थियो।
प्रतिक्रिया