स्याङ्जामा एक व्यक्ति मृत फेला परेका छन्।
भीरकोट नगरपालका–१ बस्ने ६० वर्षीय तेज बहादुर भाट क्षेत्री (अविवाहित) सोही स्थानमा आँधिखोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।
उनले प्रायः मादक पदार्थ सेवन गर्ने र ज्याला मजदुरी गर्ने बुझिएको छ।
मृतकको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको भने घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
54
Shares

प्रतिक्रिया