समाज


शिक्षकका माग पूरा गरेर पठनपाठन सूचारु गराउन अभिभावक संघको आग्रह

शिक्षकका माग पूरा गरेर पठनपाठन सूचारु गराउन अभिभावक संघको आग्रह

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १५:५०, काठमाडौँ

नेपाल अभिभावक संघले शिक्षकका मागहरूलाई सम्बोधन गरेर शिक्षक आन्दोलनका कारण अवरुद्ध पठनपाठन सूचारू हुने वातावरण बनाइदिन आग्रह गरेको छ।

संघले आइतबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर शिक्षकका माग पूरा हुने वातावरण बनाइदिन तथा अवरुद्ध पठन पाठन सूचारु गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो।

संघले बुझाएको ज्ञापन पत्रमा आसन्न कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालन हुने वातावरण बनाउनसमेत आग्रह गरिएको छ।

सो अवसरमा मानवअधिकार आयोगका पदाधिकारी, अभिभावक संघका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे सहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad