सुनचाँदीकै मूल्य आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) सुनचाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो। सुनको मूल्य आज प्रतितोला एक लाख ८९ हजार आठसय रुपैयाँ छ। त्यसैगरि चाँदीको मूल्य तोलाको एक हजार नौसय ६० रुपैयाँ छ।
गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो।
गएको बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।
Shares

प्रतिक्रिया