समाज


नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

नेपालखबर
बैशाख ६, २०८२ शनिबार २०:३५, काठमाडौँ

नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पूँजी भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने उल्लेख गरे।

‘बार एशोसिएशनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पूँजी हामीले बोकेका छौँ,’ उनले भने, ‘त्यसमा थपथाप पनि गर्दिनुहुनेछ।’ 

अहिलेको बार एशोसिएशनसँग २०६२ /०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि उनले आग्रह गरे। अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरुको समाधान हुनुपर्नेमा मिश्रले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad