समाज


'जुनियर स्कुल प्रिन्सेस २०२५' प्रतियोगिता सम्पन्न

'जुनियर स्कुल प्रिन्सेस २०२५' प्रतियोगिता सम्पन्न

नेपालखबर
बैशाख ६, २०८२ शनिबार २१:१, काठमाडौँ

जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाएका छन्। सिटिसेन्टर स्थित फुडकोटमा  सिजन मिडियाले आयोजना गरिएको ‘जुनियर  स्कुल प्रिन्सेस २०२५’ मा सहभागी ४५ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा देखाएका हुन्। 

कार्यक्रममा जुनियर ग्रुपबाट अग्रता पाण्डे, लियोना गुरुङ, माइरासिंह केसी, उपास्ना थपलिया, आस्मी सर्मा, आभ्या भण्डारी, काभ्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव,तनिस्का पौडेल,अमानि पाण्डे, कृष्टी कटुवाल,प्रासिया पंङगेनी र आरोसी वामले नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने जयन्ति राईले अंग्रेजी गितमा नृत्य प्रस्तुत गरेकी थिइन। 

त्यसै गरि सोमिया श्रेष्ठ,युश्री डंगोल,ओलीया श्रेष्ठ,खुसी राई वस्नेत,आध्या सिफलिया,एमिया गुरुङ, विदुशी अर्याल र आकाङक्षा भण्डारीले गित गायनमार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए। 

सरिष्ठा नगरकोटी,सुभाङ्गी शाह, संस्कृति राईले विभिन्न विषयमा आफ्नो धारणा राखेकी थिए। त्यसैगरी आर्या मर्हजनले बाबाको विषयमा कवितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। 

त्यसैगरी  सिनियरतर्फ तरिका खनाल, श्रीया उप्रेती, शिखा सुनुवार, प्रर्नश्री सिंह,इभा मर्हजन, सिवानी स्ङतान, सिभान्सी गिरी, आकाक्षां भट्टराई,परि गुरागाई, छिरिङ डोल्मा गुरुङ, आर्या गुरुङ, र्यास्ना राई, अनिसा सुवेदी,छेम्वी राई र अनुश्री बुढाथोकीले पनि नृत्यमार्फत आफ्नो आन्तरिक कला प्रस्तुत गरेका थिए। 

मान्यता केसीले आफ्नो स्कुलको बारेमा वोलेकी थिइन भने प्रकृति दानीले देशको वारेमा आफ्नो विचार व्यक्त गरेकी थिइन्। सुहाना मगरले अंग्रजी गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए।

कार्यक्रममा निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कलाकार तथा निर्देशक आराध्यलक्ष्मि खड्गी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी, मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए। 

उक्त प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा आगामी वैशाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad