समाज


तीनकुने घटना: मध्यराति कोटेश्वरमा समातिए ‘सन्तोष राजावादी’

तीनकुने घटना: मध्यराति कोटेश्वरमा समातिए ‘सन्तोष राजावादी’

नेपालखबर
बैशाख ६, २०८२ शनिबार १०:९, काठमाडौँ

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता सुधीरराज शाहीका अनुसार सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरिएको हो।

‘सीआईबीको टोलीले शुक्रबार राति साढे १२ बजेतिर पक्राउ गरेको हो’, उनले नेपालखबरसँग भने। 

अहिले सिलवाल काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। 

राजसंस्था पुनस्थापनाका लागि आन्दोलन भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा २ जना मारिए भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी गरिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ। 

यस क्रममा प्रहरीले केही दिनअघि मात्र त्यस प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंलाई समेत भारतबाट झिकाई हिरासतमा लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad